कुकुरदेखि असुरक्षित हुँदै वन्यजन्तु

हेटौंडा : हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदान नजिकै एक गर्भवती चित्तलको आइतबार मृत्यु भयोे । मृत्युभएपछि वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरुले वन्यजन्तुको जीवनको रक्षाको माग गर्दै केहीबेर मुख्य सडक समेत अबरुद्ध पारे ।
कुकुरको टोकाईको कारण वन्यजन्तुहरु मृत्यु हुन थालेपछि सडक अवरुद्ध गर्नुपरेको विद्यार्थी सुजन खतिवडाले बताए । वन विज्ञान अध्ययन संस्थानको परिसरभित्र प्रवेश गर्ने गेट सधै खुल्ला हुुनु, पर्खालमा तारबार राम्रोसँग नहुनु, खुल्ला सिमानाका कारण भुस्याह कुकुहरु जंगलभित्र छिर्ने गरेका छन् ।
यसअघि चैत्र १२ गते भुस्याहा कुकुरले चित्तलको पाठालाई लखेटेर आक्रमण गरेको थियो । कुकुरले आक्रमण गरी घाइते बनाएको पाठालाई विद्यार्थीहरुले जोगाए पनि चित्तलको मृत्यु भयो । मृत्यु भएपछि डिभिजन वन कार्यालय हेटौंडालाई विद्यार्थीहरुले जानकारी गराएको विद्यार्थी खतिवडाले बताए ।
उनका अनुसार लकडाउनपछि कुकुरको टोकाईबाट क्याम्पस हाताको जंगलमा वन्यजन्तुको मृत्यु हुने क्रम बढेको छ । यसबारे जिल्ला प्रशासन कार्यालय मकवानपुर, डिभिजन वन कार्यालय हेटौंडा र वन विज्ञान अध्ययन संस्थानको क्याम्पस प्रमुखको समेत विद्यार्थीहरुले ध्यानाकर्षण गराईसकेका छन् । तर विद्यार्थीहरुले ध्यानाकर्षण गराउँदा पनि सबै निकायले नसुनेपछि सोमबार विद्यार्थीहरुले नै क्याम्पसको पर्खालमा लगाएको तारबार मर्मत गर्नुका साथै सरसफाई समेत गरेका थिए ।
वन–विज्ञान अध्ययन संस्थान हेटौंडाको जंगलमा भएका वन्यजन्तुहरु भुस्याहा कुकुरदेखि असुरक्षित बनेका छन् । चैत्र महिनाको आजसम्म पाँच वटा वन्यजन्तुको मृत्यु भएको छ । तीन वटा चित्तल र दुई वटा रतुवा मृगको मृत्यु भएको छ । दुई चित्तल र दुई रतुवा मृगको कुकुरको टोकाईबाट मृत्यु भएको डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ ।
डिभिजन वन कार्यालय हेटौंडाको सहायक वन अधिकृत अच्यूत लामिछानेका अनुसार चालु वर्षमा १२ वटा वन्यजन्तुको मृत्यु भएको छ । पाँच वटा भाले चित्तल, एक गर्भवती पोथी चित्तलसहित तीन वटा चित्तलका पाठा, तीन वटा रतुवा मृग र एक निरबिरालोको मृत्यु भएको हो । मृत्यु भएका १२ वन्यजन्तुमध्ये नौँ वटा कुकुरको टोकाईबाट हो । एक चित्तलको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।
पछिल्लो तीन वर्षमा जिल्लामा ५१ वटा वन्यजन्तुको मृत्यु भएको छ । चित्तल, रतुवा मृग, निरबिरालो, हँुचिल, स्यालको मृत्यु भएको डिभिजन वन कार्यालय मकवानपुरको तथ्यांक छ । अधिकांश वन्यजन्तुहरुको भने कुकुरको टोकाईबाट मृत्यु भएको देखिन्छ ।
त्यसबाहेक वन्यजन्तुको पुरानै घाउहरुको कारण तथा सडकमा निस्कदा सवारीको ठक्करबाट पनि मृत्यु हुने गरेको पाइएको सहायक वन अधिकृत लामिछाने बताए ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया