आजदेखि चार दिन विद्यालय बन्द
उपत्यका बाहिर प्रदूषण घट्दै गएको छ : मौसमविद
काठमाडौँ : वायु प्रदूषणका कारण आजदेखि देशभरका विद्यालय बन्द भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
मंगलबारदेखि बन्द भएका विद्यालय अब आइतबार मात्रै खुल्नेछन् । पछिल्ला दिनमा प्रदूषण घट्दै गएका बेला सरकारले संविधान विपरित विद्यालय बन्द गरिदिएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबारदेखि उपत्यका बाहिरको प्रदूषण न्युन हुँदै गएको छ ।
पूर्व र पश्चिमका जिल्लामा प्रदूषणको मात्रा धेरै घटेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकामा प्रदूषणको चाप धेरै भएकाले मौसम धुम्म देखिएपनि उपत्यका बाहिरको प्रदूषण न्युन रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।
‘काठमाडौँ उपत्यकामा प्रदूषण त्यति धेरै घट्न सकेको छैन् । तर उपत्यका बाहिरका जिल्लामा धेरै घटिसकेको छ’ उनले इकागजसँग भनिन्, ‘उपत्यकामा असहज भएपनि उपत्यका बाहिर भने त्यति धेरै डराउनुपर्ने अवस्था छैन् । बाहिरका जिल्लामा विद्यालय नै बन्द गर्नुपर्ने प्रदूषण देखिदैन् ।’
सोमबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट विद्यालय बन्द गर्ने निर्णय भएको हो । तर विद्यालय सञ्चालन गर्ने अधिकार संविधानले स्थानीय तहलाई दिएको छ । तर मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय तहका जनप्रतिनिधि र शिक्षक भने अन्यौलमा परेका छन् ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया