राजपुर नगरपालिकाले मातृमृत्युदर घटाउन अल्ट्रासाउण्ड मेसिन खरिद गर्ने
नगरभित्र नि:शुल्क गर्भ जाँच हुने

काठमाडौं- रौतहटको राजपुर नगरपालिकाले मातृमृत्युदर घटाउने उदेश्यले अल्ट्रा साउण्ड खरिद गर्ने भएको छ । नवनिर्वाचित नगर प्रमुख डा. मोराजीक आलमले कार्यभार सम्हाल्दै नगरपालिका भित्र मातृमृत्युदर घटाउन गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्न अल्ट्रासाउण्ड खरिद गर्ने निर्णय गरेका हुन् ।
नगरपालिकाले मेशिन खरिद गरी दक्ष जनशक्ति तथा स्वास्थ्यकर्मीलाई तालिम दिने भएको छ ।
उनले नगरपालिका भित्रका गर्भवती महिलाहरूको निशुल्क गर्भ जाँच गर्ने पनि निर्णय गरेका छन ।
नगरवासीको समान र सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य सेवामा खर्च घटाउने व्यवस्था गरेको छ । सबै वर्ग, भौगोलिक र समुदायको मानिसमा आधारभूत स्वास्थ्य सेवा पुर्याउनु पहिलो उद्देश्य हुनेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया