स्वास्थ्य मन्त्रालयको बजेट घट्ने

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि आर्थिक वर्षका २०७८/०७९ लागि ७४ अर्ब रुपैयाँ बजेट विनियोजन हुने भएको छ । राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयलाई ७४ अर्ब रुपैयाँको सिलिङ बजेटको प्रस्ताव गरेको छ । महामारीको समयमा अत्यावश्यक खर्च आवश्यकताले स्वास्थ्यको बजेट बढेको भएपनि पुन: घटाउन लागिएको हो । यद्यपि आकस्मिक जनस्वास्थ्य संकटलाई विचार गरेर केही कन्टीन्जेन्सी बजेट राखिने बताइएको छ ।
मन्त्रालयले यसपटक आवश्यकता भन्दा कम बजेट सिलिङ प्रस्ताव भएको उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालयले प्रस्ताव गरेको बजेट भन्दा २२ अर्ब रुपैया कम रहेको छ ।
गत वर्ष सरकारले स्वास्थ्यको लागि सवा खर्ब रुपैयाँ बजेट छुट्टयाएको थियो । कोभिड-१९ महामारीको समयमा १ खर्ब १९ अर्ब रुपैयाँ बजेट तय भएको थियो । जसअन्तर्गत महामारीमा कोभिड खोप तथा नियन्त्रणमा रकम खर्च भएको थियो ।
अर्थ मन्त्रालयले १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । कोभिड-१९ को संख्या कम हुँदै गएकाले गत आव भन्दा कम बजेट प्रस्तुत गर्ने तयारी गरेको हो ।
मन्त्रालयको आवश्यकता अनुसार पुनः ८-९ प्रतिशत रकम माग गर्न सक्ने वैकल्पिक व्यवस्थासहितको सिलिङ रकमको प्रस्ताव गरिएको छ ।
यसपटकको बजेटले स्वास्थ्यको अतिआवश्यक स्थानमा खर्च गर्ने मन्त्रालयले जनाएको छ । आधारभूत अस्पतालमा विशेष प्राथमिकता राखेर बजेट खर्च गरिने नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्ण पौडेलले बताए ।
कोभिड-१९ महामारी व्यवस्थापनको लागि २० अर्ब रुपैयाँ बजेट छुट्टै विनियोजन गरिएको उनले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया