बालेनको समर्थनमा ‘लौरी टेकौँला’ बोलको गीत सार्वजनिक

काठमाडौं – काठमाडौं महानगरपालिकाको आइतबार साँझसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ ।
यस्तैमा साहको सपोटमा ‘लौरो टेकौला’ गीत समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको गीतमा विसम आचार्यकै संगीत संयोजन छ ।
रोमान्टिक थिममा डान्सिङ शैलीमा तयार पारिएको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ । बा आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै बालेको चुनाव चिन्ह लौरो अबको सबैको भर नै हो समेत भनिएको छ ।
गीतले बालेन विपत्तिलाई छेक्न मिल्ने र दुःख मेट्ने साथी समेत भएको चर्चा गरेको छ । सफा सहर र मानिसको रहर सबै बालेन महानगरको नेतृत्वमा आएपछि पुरा हुने समेत भनिएको गीतमार्फत बालेनलाई नखुलेको बाटो खोल्न र आवाज बिहानको आवाज बन्न समेत अनुरोध गरिएको छ ।
गीतको भिडियोसमेत बनेको छ । जसमा बालेनका चुनावी गतिविधि समेटेर तयार पारिएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया