यू-१९ क्रिकेट टिमलाई पाकिस्तानी राजदूतको सहयोग

काठमाडौँ – नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले नेपाली यू-१९ महिला क्रिकेट टिमलाई १६ सेट क्रिकेट सामाग्री प्रदान गरेका छन् । दुई देशबीचको खेलकुद सम्बन्धलाई विस्तार गर्ने उदेश्यले राजदूत शाहले महिला क्रिकेट टिमलाई क्रिकेट सामाग्री प्रदान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गा राज पाठक र जेनरल म्यानेजर वृतान्त खनालको उपस्थिति रहेको थियो ।
नेपालले मलेसियामा हुने यू–१९ महिला विश्वकप एसिया क्षेत्रको छनोटमा सहभागिता जनाउदैछ । अर्को वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुन लागेको यू–१९ विश्वकपका लागि छनोट हुन लागेको हो ।
विश्वकप छनोट मलेसियामा जुन पहिलो साता आयोजना हुदैछ जसमा आयोजक मलेसियासँगै नेपाल, युएई, कतार, चीन, भुटान, म्यानमार र थाईल्यान्डको सहभागिता रहनेछ ।
छनोटको शीर्ष स्थानमा रहने टिमले २०२३ मा दक्षिण अफ्रिकाले आयोजना गर्ने यू-१९ महिला विश्वकप खेल्न पाउनेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया