ईपीएलमा आवद्ध व्यवसायिक संस्थाले क्यानसँग कुनै सहकार्य नगर्ने चेतावनी

काठमाडौँ – 'एभरेष्ट प्रिमियर लिग' (ईपीएल) क्रिकेटलाई सहयोग गर्दै आएका निजि व्यावसायी क्षेत्रले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगितामा कुनै किसिमको सहकार्य नगर्ने चेतावनी दिएको छ ।
क्यानले नेपाल टी-ट्वान्टी लिग घोषणा गर्नुकासाथै नेपाल टी-ट्वान्टी लिग स्तरकै अन्य क्रिकेट लिग नेपालमा आयोजना गर्न नदिने घोषणा गरेपछि ईपीएलका टिम मालिकले ईपीएलमा आवद्ध व्यावसायिक संस्थाले क्यानसँग सहकार्य नगर्ने चेतावनी दिएका हुन् ।
'ईपीएलमा आवद्ध भएका संस्थाहरुले क्यानलाई सहयोग गर्ने छैन। हाम्रो अस्तित्व समाप्त पार्नेलाई सहयोग गर्न सक्दैनौ,' ईपीएल टिम ललितपुर प्याट्रियोट्सका मालिक किशोर महर्जनले चेतावनी दिए । उनले प्रत्येक टिममा निजि क्षेत्रको करोडौं लगानी तथा मेहनत लागेको जिकिर गरे ।
आयोजकले पाँचौं संस्करणको ईपीएल आगामी कात्तिक २६ गतेबाट आयोजना गर्ने घोषणा गरेको थियो तर यसका लागि क्यानले भने आधिकारिक अनुमति भने प्रदान गरेको थिएन । साथै क्यानले आफ्नै लिग आयोजना गर्ने घोषणा गरेसँगै नेपालमा हुँदै आएको अन्य लिग केवल क्षेत्रीय स्तरमा केवल नेपाली खेलाडीलाई समेट्दै आयोजना गर्न अनुमति दिने जनाएको छ ।
तर ईपीएल आयोजक तथा टिम मालिकले भने ईपीएललाई नरोक्न आग्रह गरेका छन् । आईसीसी, क्यान र राष्ट्रिय खेलकुद परिषदको सहयोगमा चार संस्करणसम्म ईपीएल आयोजना भइसकेको अवस्थामा क्यानले अचानक यसलाई रोक्न नहुने उनीहरुको धारणा रहेको छ ।
आयोजक आमिर अख्तरले क्यान प्रतिबन्धमा पर्दा ईपीएलले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण सहयोग गरेको, आयोजक तथा व्यावसायिक संस्थाको करोडौं लगानी भएको, खेलाडीहरुलाई उत्कृष्ट सुविधा प्रदान गरेको दावी गरे ।
उनले ईपीएल प्रत्येक वर्ष हुनुपर्ने तथा क्यानले यसका लागि एकपटक पुन सोच्नु पर्ने धारणा राखे । उनले नेपाल टी-ट्वान्टी लिगसँगै ईपीएललाई पनि आयोजना गर्न दिनुपर्ने बताए ।
यता भैरहवा ग्लाडिएटर्सका मालिक आदित्य संघाईले क्यानको निर्णय निजि क्षेत्रका लागि निरुत्साहित पार्ने खालको रहेको बताए । उनले क्यानले केही पनि जानकारी नदिएरै ईपीएल ध्वस्त पार्न खोजेको आरोप लगाए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया