पार्टीका उम्मेदवार हारेपछि एमाले दैलेखका उपसचिव दाहालले दिए राजीनामा

सुर्खेत- यसअघिका स्थानीय तह निर्वाचनमा दैलेखमा आफ्नो वर्चश्व जमाएको नेकपा एमालले यसपटक केही पालिका गुमायो । आफ्नो वर्चश्व जमाएको पालिकामा पनि पार्टीका उम्मेदवारहरु पराजित हुनुपरेको भन्दै एमाले दैलेखका उपसचिव गंगाराम दाहालले पार्टीबाट राजीनामा दिएका छन् ।
उनले एक विज्ञप्तिमार्फत स्थानीय चुनावमा पार्टी पराजय भएको र त्यसको छानविनका लागि अफ्ठेरो नहोस् भन्दै नैतिक हिसाबले पार्टीबाट राजीनामा दिएको बताएका छन् । केही पालिकामा गठबन्धनका बाबजुद पार्टीका उम्मेदवारलाई सुरक्षित गर्न सकिएपनि केही पालिकामा पार्टीभित्रको अन्तरघातका कारण विरासत गुमाउनु परेको विज्ञप्तीमा उल्लेख छ ।
०७४ मा ७ वटा पालिकाको नेतृत्व गरेको एमालेले दुईवटा बाहेक सबै गुमायो । जसका कारण दैलेख एमालेभित्र विवाद बढेको छ । एमालेले ०७४ मा जितेका ठाँटीकाँध, भैरवी, महावु, भगवती र चामुण्डा बिन्द्रासैनी नगरपालिका गुमाएको छ भने नयाँ दुई पालिकामा जितेको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया