पाेखरा महानगरमा एक मात्र महिला वडाध्यक्ष

पाेखरा- पोखरा महानगरपालिकाले आगामी पाँच वर्षका लागि महिला वडाध्यक्ष पाएकाे छ । पाेखरा १७ को वडा अध्यक्षमा निर्वाचित हुँदै नेकपा एमालेकी राधिकाकुमारी शाही एकमात्र महिला वडा अध्यक्ष बनेकी छिन् ।
शाहीले नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मत पराजित गरेकी हुन् । शाहीले २ हजार ६ सय २५ मत प्राप्त गर्दा आचार्यले २ हजार ५ सय ४२ मत ल्याए। पाेखरा १७ मा शाहीकाे नेतृत्वमा नेकपा एमालेको प्यानल विजयी बनेको हाे । उक्त टिमको सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भए ।
यसैगरी महिला सदस्यमा विष्णुकुमारी थापा र दलित महिला सदस्यमा तारा परियार विजयी भएकी छिन् । नेपाली कांग्रेसबाट पाेखरा १ मा सिता गुरुङ, ८ मा शारदा गिरी र एमालेबाट १० मा पवित्रा गुरुङ उम्मेदवार थिइन् । उनीहरु पराजित भइसकेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया