नेप्से परिसूचक घटेर २२०० अंकमा ओर्लियो

काठमाडौँ - सेयर बजारमा साताको पहिलो कारोबारमा मै गिरावट आएको छ । सोमवार सेयर बजार ३४.२१ अंकले घटेको हो । शुक्रवार कारोबारमा १६ अंक घटेर २२३५.०९ अंकमा पुगेको बजार परिसूचक सोमबारको कारोबार पश्चात ३४ अंक घटेर २२००.८८ अंकमा ओर्लिएको छ। आजको कारोबारमा नेप्से परिसूचक १.५३ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.३१ प्रतिशत अर्थात ५.६९ अंकले घटेर ४२९ दशमलव ०५ अंकमा ओर्लिएको छ ।
परिसूचक |
हाल |
परिवर्तन |
प्रतिशतमा |
---|---|---|---|
नेप्से |
२,२००.८८ |
३४.२१ |
१.५३ |
सेन्सेटिभ |
४२९.०५ |
५.६९ |
१.३१ |
फ्लोट |
१५०.४१ |
२.४६ |
१.६१ |
सेन्सेटिभ फ्लोट |
१३६.९८ |
२.०३ |
१.४६ |
बजार परिसूचक ३४ अंकले घट्दा कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा १ अर्ब ३६ करोड बराबरको सेयर कारोबार भएको छ। आज १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १ सय ९२ रूपैयाँ बराबरको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर २८ हजार ५ सय ६ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
घट्दो बजारमा बिहीबार कारोबार भएका जम्मा १३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७८ कम्पनीको सेयर मूल्य घटेको छ। आजको कारोबारमा बढी कमाउने कम्पनीमा गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएमबि डिबेन्चर, युनाइटेड आइडीआई मार्दी आर बी हाइड्रो लगायतका कम्पनी रहेका छन् ।
आजको कारोबारमा मिथिला लघुवित्त, विन नेपाल लघुवित्त, तेह्रथुम पावर कम्पनी, प्रभु इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन लगायत बढी गुमाउने कम्पनी रहेका छन् ।
उप-समूहतर्फ सोमबार सबै समूह राताम्मे देखिएका छन् ।
उप-समूह |
हाल |
परिवर्तन |
प्रतिशतमा |
---|---|---|---|
बैकिङ |
१,५२५.८२ |
१७.९६ |
१.१६ |
व्यापार |
१,९०७.४७ |
२१.८५ |
१.१३ |
होटेल तथा पर्यटन |
२,८२२.०९ |
७०.६९ |
२.४४ |
विकास बैंक |
३,७७९.७८ |
७५.९२ |
१.९७ |
जलविद्युत |
२,५०४.५७ |
५३.०९ |
२.०८ |
फाइनान्स |
१,५९८.३७ |
३३.३२ |
२.०४ |
निर्जीवन बीमा |
९,३८४.९८ |
१६३.७९ |
१.७२ |
म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ |
५,२९६.८७ |
७२.४४ |
१.३५ |
अन्य |
१,६७०.१३ |
४.०१ |
०.२४ |
माइक्रो फाइनान्स |
४,५११.४८ |
८४.७८ |
१.८४ |
जीवन बीमा |
१०,६२५.२५ |
२८५.८८ |
२.६२ |
म्यचुअल फण्ड |
१५.१७ |
०.१४ |
०.९२ |
लगानी |
७१.६९ |
१.४७ |
२.०१ |

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया