बनेपामा गाँजा खेती फँडानी अभियान सुरु

काभ्रे- ईलाका प्रहरी कार्यालय बनेपाले गाँजा खेती फँडानी अभियान सुरु गरेको छ । बनेपा नगरपालिकाको बजार क्षेत्रमा प्राकृतिक रुपमा उम्रेको गाँजा फँडानी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाका अनुसार बनेपा नगरपालिकाको विभिन्न ठाउँमा प्राकृतिक रुपमा उम्रेको गाँजा फँडानी गरिएको बताए । गाँजाको पातबाट चरेस बनाई प्रयोग गरि समाजमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुनबाट बचाउन परिपक्व नहुँदै पहिले गाँजा फडानी अभियान सुरु गरिएको थापाकाे भनाइ छ।
उनका अनुसार युवालाई लागु औषध दुर्व्यसनीकाे प्रयोग रोक्नका लागि फँडानी अभियान थालिएको जानकारी गराए । इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख प्रहरी निरीक्षक थापाको कमाण्डमा प्रहरी बिद्यार्थी शिक्षककाे टोली खटिएको थियो ।
बनेपाको धनेश्वर पुल, ज्ञान कुञ्ज कलेज पछाडि रहेको गाँजा खेती, पुलबजारमा र पुरानो तरकारी बजार लगायतका ठाउँमा रहेका गाँजा फँडानी गरेको थियो ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया