चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते
काठमाडौं- उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङको ढोटपाटन नगरपालिका–७ गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँमा चट्याङ पर्दा बालचन्द्र विक लगायत ४ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य घाइतेलाई थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया