शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

तुलसीपुरको मेयर र उपमेयर दुवैमा एमाले अगाडि

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले मेयर र उपमेयर दुवैमा अग्रता लिइरहेको छ । 

सोमबार बिहानको परिणामअनुसार मेयर पदका लागि एमालेका टिकाराम खड्काले २० हजार ८ सय ९४ मत पाएका छन् । 

नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ४० मत पाएका छन् । मतान्तर १ हजार ९ सय ५४ पुगेको छ । 

उपमेयरमा अगाडि रहेकी एमालेकी स्यानी चौधरीले २० हजार ३ सय ३१ तथा उनलाई पछ्याइरहेका नेकपा एसका जोगबहादुर राणाले १४ हजार २३ मत पाएका छन् । मतान्तर ६ हजार ३ सय ८ पुगिसकेको छ ।