हर्क राईले लिए मेयरको शपथ

काठमाडौँ- धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले शपथ ग्रहण लिएका छन् । मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्लाका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।
सोमबार बिहान नवनिवार्चित मेयर साम्पाङलाई न्यायाधीश सुवेदीले शपथ ग्रहण गराएका हुन् । मेयर साम्पाङ शपथ ग्रहण समारोहमा दौरा सुरुवालमा पहिरनमा गएका थिए ।
मेयर साम्पाङले धरानमा उपमेयरसहित वडामा निवार्चित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउने छन्। धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।
साम्पाङ लौरो चिन्ह लिएर चुनावी मैदानमा सहभागी भएका थिए । २० हजार ८ सय २१ मत प्राप्त गरी विजयी भएका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया