त्रिकोणात्मक सिरिज अघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

काठमाडौँ – अमेरिकामा हुने आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अघि नेपालले दुई अभ्यास खेल खेल्ने भएको छ । नेपालले अमेरिकाको प्राइरी भ्यू क्रिकेट कम्पलेक्समा जुन २ मा हुने पहिलो अभ्यास खेलमा अमेरिकामा रहेका नेपाली खेलाडी सम्मिलित नेपाली अल स्टार्स क्लबविरुद्ध खेल्नेछ । दोस्रो खेल जुन ४ मा हाउस्टन हरिकेन्सविरुद्ध खेल्ने छ । दुबै खेल ५० ओभरको हुनेछ ।
नेपाली टोली मे २९ तारिखमा अमेरिका पुग्ने तालिका रहेको छ । लिग २ अन्तर्गत नेपालले आयोजक अमेरिका र ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज खेल्ने छ ।
नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९, दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ तथा अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया