शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

काभ्रेको पाँचखालको प्रमुखमा पुनः महेश खरेल विजयी

फाइल फोटो

काभ्रे - काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलले जित निकालेका छन् । उनले दोस्रो पटक प्रमुखमा जितेका हुन् ।

यसअघि २०७४ मा पनि उनले प्रमुखमा जितेका थिए । उनले १२ हजार ८३६ मत पाएका छन् भन् उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कंचन अधिकारीले ८ हजार ११५ मत पाएका छन् । 

यस्तै उपप्रमुखमा भने एमालेकी सुर्य माया दनुवारले जित निकालेकी छिन् । उनले गठबन्धन दलबाट उपप्रमुखमा उम्मेदवाी दिएका माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई पराजित गरेकी हुन् । 

दनुवारले ९ हजार ५३४ मत पाएकी छिन् भने गौतमले ९ जहार १० मत पाएका छन् ।