दर्लिङका युवा गायब, राजकुटका आक्रोशित

पोखरा : आइतबार बागलुङमा २ जनाको ज्यान जाने गरी भएका घटनापछि बागलुङ बडिगाड गाउँपालिका दर्लिङ गाउँका युवाहरू फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरका अनुसार दर्लिङका युवाहरू फरार रहेका हुन् ।
‘गाउँमा हाम्रो प्रहरी टोली परिचालित छ, दर्लिङका युवाहरू भागेका छन्, उनीहरू नै आरोपी हुन्,’ मगरले भने । होली खेल्न बल्देधुरी पुगेका निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको आइतबार ज्यान गएको थियो । मेलामा झगडा भएपछि उनीहरूलाई भीरबाट धकेलिएको थियो । भीरबाट धकेलिएका २ जनाको शव आइतबार नै फेला परेको थियो ।
एक महिलालाई रङ दलेको विषयमा विवाद उत्पन्न भएको बताइन्छ । झगडा बढ्दै गएपछि प्रकाश त्यहाँ पुगेका थिए । ‘झगडा मिलाउन’ त्यहाँ पुगेका प्रकाशमाथि नै ती युवाहरू जाइ लागे । उनीहरूमात्रै जाइ लागेनन्, अरु पनि त्यहाँ थपिए । दीपक भने प्रकाशसँगै झगडा भएको ठाउँ पुगेका थिए ।
‘उनीहरू झगडाको मनस्थितिले गएको देखिँदैन, निर्घात कुटेर धकेलिदिएछन्,’ निसिखोला-९ का वडाध्यक्ष तेजेन्द्र कुँवरले भने ।
दर्लिङका स्थानीय भने राजकुटका केही युवाले जबरजस्ती युवतीहरूमाथि रङ दल्दा झगडा भएको बताउँछन् । राजकुटका युवाहरू रक्सी खाएर त्यो भीरमा पुगेको र त्यहाँ झगडा हुनुपूर्व केही तल दर्लिङका केही युवालाई राजकुटका युवाले हातपात गरेको एक स्थानीयले बताए ।
बडिगाड गाउँपालिका १० का वडाध्यक्ष वीरेन्द्र बुढाले पहिला राजकुटका युवाले दर्लिङका युवामाथि हातपात भएपछि विवाद उत्पन्न भएको बताउँछन् । ‘राजकुटकाले हाम्रालाई कुटेछन्, अनि हाम्राले कुटेको भनेर मलाई खबर गराएका छन्,’ बुढाले भने ।
निसिखोला-९ का वडाध्यक्ष कुँवर भने राजकुटका युवालाई दर्लिङका युवाले कुटेको र अहिले मृतकमाथि आरोप लगाउन खोजिएको बताउँछन् ।
‘प्रकाशहरू त कहिल्यै झगडा गरेनन्, सामाजिक काममा लागेका मान्छे थिए उनी, दोषबाट बच्न उताकाले हाम्रालाई आरोप लगाए,’ कुँवरले भने ।
मृतकको शव अहिले अस्पतालमा राखिएको छ । शवको व्यवस्थापन गर्ने वा कुनै कदम चाल्नेबारे पार्टीमा छलफल भइरहेको कुँवरले बताए । कुँवरका अनुसार यसअघि पनि त्यो ठाउँमा पटक-पटक झगडा हुने गरेको थियो । यसअघि पनि सोही ठाउँमा पटक-पटक २ गाउँबीच झगडा हुने गरेको बताइन्छ । ‘प्रशासनले किन उनीहरूलाई समातेको छैन ? यस्तो घटनामा त जतिसक्दो छिटो समाउनुपर्थ्यो,’ कुँवरले भने ।
वडाध्यक्ष कुँवरले ती थपिएका पुरुषहरूले राजनीतिको विषय उठाएको बताउँछन् । माओवादीका कार्यकर्ताले पहिला झगडा साँधेर पिटेको कुँवरले बताए । ‘माओवादीका जिम्मेवार व्यक्ति आएर कुटेछन्,’ कुँवरले भने । प्रकाश नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन् भने दीपक कांग्रेस कार्यकर्ता हुन् ।
कुँवरका अनुसार यसअघि पनि पटक-पटक माओवादीका कार्यकर्ता र उनीहरूबीच भनाभन हुने गरेको थियो । घटनामा कांग्रेसका १२-१५ जना घाइते रहेको कुँवरले बताए । ‘हिजो बेपत्ता भएका रहेछन्, ज्यान बचाउन, आज सम्पर्कमा आए, एक जनाालाई उपचारका लागि पाल्पा रेफर गरेको छ,’ कुँवरले भने ।
यसैबीच कांग्रेसले बल्देधुरीमा भएको घटनाका दोषीलाई चाँडो भन्दा चाँडो कारबाही गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गरिनुपर्ने बताएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया