ओलीले गरेको निलम्बन अस्वीकार गर्छु, मैदान छोडेर भागिँदैन : माधवकुमार नेपाल
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेको भन्दै त्यसलाई स्वीकार गर्न नसक्ने बताएका छन् । ओलीले नेता नेपालसँगै भीम रावललाई आज सोमबार पार्टीको साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गरेका थिए ।
नेपालले मैदान छोडेर नभाग्ने भन्दै चुनौती पनि दिएका छन् । ‘सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु,’ नेपालले फेसबुकमा लेखेका छन्, ‘नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु ।’
उनले विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास आफूहरूले गरेको भन्दै आपत्ति जनाएका छन् । ‘टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन,’ उनले लेखेका छन्, ‘नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’
सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित...
Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Monday, March 29, 2021

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया