बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

अमेरिकी उप–विदेशमन्त्री तिब्बती शरणार्थी शिविर पुगेको प्रति रावलको टिप्पणी - एमसीसी सम्झौतापछि पहिलो हस्तक्षेपकारी कार्य

काठमाडौँ - नेकपा (एमाले) का नेता भीम रावलले एमसीसी अनुमोदनपछि अमेरिकाले हस्तक्षेप बढाएको भन्दै आपत्ति जनाएका छन् । 

अमेरिकी उप–विदेशमन्त्री एंव तिब्बती मामिला विशेष संयोजक उजरा जियाको नेपाल भ्रमण र विभिन्न व्यक्तित्वहरुसँगको भेटघाटबारे रावलले सामाजिक सञ्जालमा ट्विट गर्दै आपत्ति जनाएका हुन् । 

जिया दूतावासका उपप्रमुखसहित आज जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेकी थिइन् ।  

एममीसी सम्झौतापछि यो पहिलो हस्तक्षेपकारी कार्य भएको भन्दै रावलले नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो त ?  सरकारलाई प्रश्नसमेत गरेका छन् । 

उनले लेखेका छन्, ‘नेपाल प्रहरीको स्कर्टिङमा अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जिया दूताबासका उपप्रमुख सहित जाउलाखेल,तिब्बती शरणार्थी शिविर पुगेकी छन्ए । एमसीसी सम्झौता अनुमोदन पछि पहिलो हस्तक्षेपकारी कार्य।के नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो,गठजोड सरकार ?’

जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणलगायतसँग भेटघाट गरेकी छिन् ।  जिया तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आएकी हुन् ।

<

>

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता