भारतबाट आउने १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

काठमाडौँ : सरकारले दक्षिणी छिमेकी मुलुक भारतबाट नेपालतर्फ प्रवेश गर्नेलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरूलाई आइसोलेसनमा राख्न सीमावर्ती जिल्लालाई निर्देशन दिएको हो ।
भारतीय सीमा क्षेत्रमा कोभीड-१९ पोजिटिभ भएकाहरू सार्वजनिक यातायातमा नै हिडेको पाइएपछि सरकारले यस्तो निर्णय लिएको हो । उक्त क्षेत्रबाट नेपाल आएकालाई आइसोलेसनमा राख्न मन्त्रालयले निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरूलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिँदै सरकारले यसमा निकै कडाई गर्नुपर्ने बताएको छ ।
सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरूको समन्वयमा कोभिडको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा राख्नपर्ने समेत जनाएको छ । लक्षण नभएकालाई पनि अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन दिएको हो । यो निर्देशनलाई सुरक्षाकर्मीको सहयोगमा पनि उपयोगमा ल्याउन आवश्यक पर्ने देखिन्छ ।
भारतमा कोभिड संक्रमण बढेसँगै सरकार त्यस्तो निर्णयमा पुगेको हो । यसअघि पनि भारतमा कोभिडको संक्रमण बढेपछि नेपालले सीमा क्वारेन्टीन नै बनाएर राखेको थियो । यद्यपि त्यो कार्यमा ढिलाइ हुँदा नेपालमा पनि संक्रमण बढेको थियो । अहिले भने बेलैमा सरकारले यस्तो निर्णय लिएर संक्रमण रोक्ने प्रयासमा चनाखो बनेको देखिन्छ ।
मन्त्रालयले प्रति दिन प्रति विरामी दुई हजार सोध भर्ना उपलब्ध गराइने पनि निर्देशनमा उल्लेख गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया