नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण फुटबल नहुने

काठमाडौँ – नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई मैत्रीपूर्ण फुटबल खेल नहुने भएको छ । एएफसी एसियन कपको तेस्रो चरणको छनोट अघि नेपाल र अफगानिस्तानबीच कतारमा जेठ ११ र १५ मा दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको थियो ।
तर दुबै खेल नहुने अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले बताए । 'तर हामी मैत्रीपूर्ण खेलका लागि अन्य देशसँग प्रयास हुँदैछ चाडै टुंगो लाग्छ,' तुलाधरले जनाए ।
नेपालले जेठ २५ देखि ३१ सम्म कुवेतमा हुने छनोट प्रतियोगितामा सहभागिता जनाउदैछ । त्यसअघि तयारीका लागि नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल्ने तय भएको थियो । तर छनोट अघि नेपाल तयारीका लागि कतार जाने तुलाधरले बताए ।
छनोट अन्तर्गत समूह 'ए' मा रहेको नेपालले कुवेतमा छनोट खेल्नेछ । उक्त समूहमा आयोजक कुवेत, नेपाल, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालले पहिलो खेल जोर्डनविरुद्ध जेठ २५, दोस्रो खेल कुवेतविरुद्ध जेठ २८ र तेस्रो खेल इन्डोनेसियाविरुद्ध जेठ ३१ मा खेल्ने छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया