इटहरीमा अर्की युवतीले गरिन् ७ वर्षअघि विद्यालयका प्रधानाध्यापकले गरेको बलात्कारको खुलासा

काठमाडौं – आठ वर्षअघि सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि प्रतियोगिताका आयोजकले ६ महिनासम्म बलात्कार गरेको घटनाले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम, सडकदेखि सदन तातेका बेला फेरि बलात्कारको अर्को घटना बाहिर आएको छ ।
काठमाडौंकी एक युवतीले सुन्दरी प्रतियोगिताका नाममा आयोजकबाट आफू बलात्कृत भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक साता नबित्दै इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकन्डरी स्कुलकी एक छात्राले सोही स्कुलका प्रधानाध्यापकले आफूलाई ७ वर्षअघि बलात्कार गरेको घटना सार्वजनिक गरेकी छन् ।
ती युवतीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत ९ कक्षामा अध्ययन गर्दा आफूमाथि प्रधानाध्यापकले करणी गरेको लेखेकी छन् ।
उनले प्रधानाध्यापकको नामसेत सार्वजनिक गरेकी छन् । उनले प्रिन्सिपल राज खड्काले आफूमाथि २०७२–७३ तिर बलात्कार गरेको उल्लेख गरेकी छन् । अहिले एक युवतीले भिडियोमार्फत ८ वर्षअघि आफूमाथि भएको बलात्कारको घटनाबारे बोलेसँगै आफूलाई पनि बलात्कारबारे बोल्न हिम्मत मिलेको उनले बताएकी छन् ।
ती युवतीले बलात्कार हुँदा आफू १५ वर्षकी मात्र भएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘छातीको समस्या भएकोले बुबाले उहाँको खातामा उपचारको लागि भनेर पैसा पठाइदिनुभएको थियो । उपचार गर्न अस्पताल लैजानुको साटो मलाई उहाँले सिधै होटलमा लगे । उनले मलाई खाना प्रस्ताव गरे तर मैले अस्वीकार गरे । म डराएको र पसिना बगिरहेको बेला, उसले मलाई ‘यता आऊ गर्मी हुँदैन’ भन्दै कोठा प्रस्ताव ग¥यो। त्यतिबेला म १५ वर्षको थिएँ । उसले कोठामा ताला लगायो र मलाई खाना खान भन्यो, मैले अस्वीकार गरें । त्यसपछि उसले मेरो स्कूलको ड्रेस च्यात्यो र मलाई बलात्कार ग¥यो ।’
उनले भिडियो बनाएको र सोही भिडियो मार्फत ब्लाकमेल गर्दै २ बर्षसम्म लगातार बलात्कार गरेको उनले दाबी गरेकी छन्। त्यसपछि सो प्रिन्सिपलले आफूमाथि बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याव, होस्टल रुम जता त्यतै बलात्कार गरेको उनले बताएकी छन् ।
दुई वर्षसम्मको समयमा आफूहरुलाई विदामा समेत घर जान नदिने गरेको उनले बताएकी छन् ।
एसएलसीपछि घटनाबारे आफ्नो परिवारलाई भनी कानुनी प्रक्रियामा गए पनि सोबारे हालसम्म पनि छानबिन नभएको उनले बताएकी छन् । घटनाबारे युवतीले ती व्यक्तिकी श्रीमतीलाई समेत भनेको तर उनले पनि केही सहयोग नगरेको बताएकी छन् । कसैले आफूलाई साथ नदिएपछि तीन पटकसम्म आत्महत्याको प्रयास गरेको समेत उनले बताएकी छन् ।
आफूमाथि बलात्कार भएको घटनाबारे भन्दा कसैले साथ नदिएको साथै कसैले नपत्याएको समेत उनले बताएकी छन् । प्रहरीलाई उजुरी दिए पनि सोबारे हालसम्म प्रक्रियाकै क्रममा रहेको बताएकी छन् ।
आफूमाथि बलात्कार गरेका ती व्यक्ति हालसमेत कुनै एक विद्यालयको प्रिन्सिपलकै रुपमा काम गरिरहेको उनले दाबी गरेकी छन् ।
उनले इन्स्टाग्राममा गरेको पोस्ट रिपोर्ट गरेर हटाइएपछि आफूले फेरि फेसबुकमा लेखेको समेत बताएकी छन् ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया