पाँचखालमा आफ्नो अग्रता झन् बढाए महेशले

काठमाडौँ - काभ्रेको पाँचखाल नगरपालिकामा जारी मत गणनामा कांग्रेस उम्मेदवार महेश खरेलले आफ्नो अग्रता निकै फराकिलो बनाएका छन् । पछिल्लो सार्वजनिक मतगणनाअनुसार खरेलले १० हजार ८ सय ८० मत प्राप्त गरेका छन् । खरेललाई पच्छ्याइरहेका नेकपा एमालेका कंचन अधिकारीले ६ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् । कांग्रेसका खरेल एमालेका अधिकारी भन्दा ४ हजार ३ सय २१ मतले अगाडि रहेका छन्।
त्यस्तै उप-मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार चेत प्रसाद गौतमले अग्रता लिएका छन् । उनलाई पच्छ्याइरहेका सुर्य माया दनुवारले ७ हजार ५ सय ३५ मत प्राप्त गर्दा माओवादी उम्मेदवार ७ हजार ८ सय ५७ मत पाएका छन् । अर्थात माओवादी उम्मेदवार ३ सय २२ मतले अगाडि रहेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया