एमबाप्पेले पीएसजीसँग सम्झौता गरेपछि रियल म्याड्रिड आक्रोशित

काठमाडौँ – फ्रान्सेली फरवार्ड कायल एमबाप्पेले फ्रेन्च क्लब पेरिस जेन्ट जर्मेन (पीएसजी) सँग थप तीन वर्षको सम्झौता गरेका छन् । यससँगै उनी स्पेनिस क्लब रियल म्याड्रिडमा जाने सम्भावनाको अन्त्य भएको छ । एमबाप्पेले पीएसजीसँग मोटो रकममा तीन वर्षे सम्झौता गरेको बीबीसीले उल्लेख गरेको छ ।
सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका २३ वर्षीय एमबाप्पे स्पेनिस क्लब जाने ठूलो चर्चा चलेको थियो तर उनले आगामी तीन वर्ष पीएसजीमै रहने सुनिश्चित गरे ।
तर स्पेनिस ला लिगा क्लब रियलले भने एमबाप्पेको सम्झौता विवादास्पद भएको भन्दै उनीविरुद्ध युईएफए तथा फ्रान्स र युरोपेली संघमा मुद्दा हाल्ने चेतावनी दिएको छ ।
गत महिना नै एमबाप्पेले रियलसँग सम्झौताका लागि सहमति जनाएको बताइएको छ । तर उनको सम्झौता उल्लंघनले युरोपेली फुटबलको आर्थिक दिगोपनालाई खतरामा पार्ने ला लिगाले जनाएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया