शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

भरतपुरमा ३५ हजार मत गन्‍न बाँकी : रेनु ७ हजार ८ सय ५४ मतले अगाडि

चितवन- भरतपुर महनगरपालिकामा ३५ हजार ४ सय ३८ मत गणना बाँकी हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ३६ हजार २ सय ७२ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार बिजय सुवेदीले २८ हजार ४ सय १८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले ३८ हजार ३ सय ८५ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २२ हजार ४ सय २७ मत ल्याएका छन् ।

महानगरमा २९ वडा छन् । निर्वचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।