धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी, उपमेयरमा एमालेको जित

धनगढी - कैलालीकाे धनगढीमा रहेकाे धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणामअनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।
हमाल २६ हजार ८६५ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार ८१६ मत पाए ।
उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन् ।
रानाले १५ हजार ४७१ मत पाउँदा अधिकारीले १२ हजार ७७० मत पाए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया