जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या
खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या दोहोरिएको छ । ३ जेठदेखि एनटिसी फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको हो । गाउँपालिकाको केन्द्र चिसापानीबजारमै फोन नटिप्ने समस्या दोहोरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।
जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या आउने गरेको छ । तर नेपाल टेलीकमले यसको दिर्घकालिन हल गर्न ध्यान नदिएको विष्टले बताए ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष अरुणादेबी राईकै वडा जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा समेत फोनको समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाई हुँदा सेवाग्राही मारमा परेका छन् । गत चैत दोश्रो हप्ता पनि जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या देखिएको थियो ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया