बेलिब्रिज निर्माण गर्ने ऐसेलुखर्क गाउँपालिकाको निर्णय

खोटाङ- नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अन्तरपालिका र अन्तर जिल्ला जोड्ने बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको छ ।
नव निर्वाचित जनप्रतिनिधिको पदभार तथा गोपनीयताको सथप ग्रहण लगत्तै शुक्रबार बसेको बैठकले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जोड्ने दुधकोसी तथा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको बारियोसिस्ने र केपिलासगढी गाउँपालिका जोड्ने रावाखोलामा बेलिब्रिज राख्ने निर्णय गरेको हो ।
नवनिर्वाचित अध्यक्ष गिरेन्द्रबहादुर राईको अध्यक्षतामा बसेको बैठकले ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका लाभग्राहीले पाउने सामाजिक सुरक्षाभत्ता बैंकसँगको सहकार्यमा घरदैलोमै पुर्याएर वितरण गर्ने व्यवस्थाका लागि कार्यपालिकाबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा राई र उपाध्यक्षमा राजेश राजभण्डारी विजयी भएका छन् ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया