६८२ तहको अन्तिम मत परिणाम सार्वजनिक : एमाले र माओवादीको जोड्दा पनि कांग्रेसकै बढी, कसले कति जिते ?
एकीकृत समाजवादीभन्दा जसपा अगाडि

काठमाडौँ– स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ । ७ सय ५३ पालिका मध्ये ६ सय ८२ पालिकाको अन्तिम परिणाम समेत सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने दोस्रो स्थानमा एमाले छ । त्यस्तै तेस्रो माओवादी रहेको छ ।
अन्तिम नतिजा सार्वजनिक भएका ६ सय ८२ मा नेपाली कांग्रेसले ३०३ पालिका प्रमुख जितेको छ ।
नेकपा एमालेले १८५ पालिकामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ११७ जितेको छ । एमाले र माओवादीको जोड्दा ३०२ पालिकामा जितेका छन् । कांग्रेसको भने ३०३ पालिकामा जित भइसकेको छ ।
जनता समाजवादी पार्टीले २३ पालिकाको मेयर पद जितेको छ । नेकपा एकीकृत समाजवादीले १६ पालिकाको प्रमुख पद जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख जितेको छ । अन्य विभिन्न दल र स्वतन्त्र उम्मेदवारले जम्मा २८ पालिकामा प्रमुख पद जितेका छन् ।
अब ७१ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया