जानकी गाउँपालिका अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतिदेवी कठरिया विजयी

कैलाली - नागरिक उन्मुक्ति पार्टीले कैलालीस्थित जानकी गाउँपालिकामा जित हासिल गरेको छ । यो उसको यो चौथो जित हो । यसअघि टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।
जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी ७ हजार १५१ मत ल्याई विजयी भएका छन् । उनले काँग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतौलाई १ हजार ९०९ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् । चौधरी लामो समयदेखि पत्रकारितामा सक्रिय थिए ।
महत्तौले पाँच हजार २४२ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतिदेवी कठरिया विजयी भएकी छिन् ।
उनले नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई १ हजार ७०४ मतले पछि पार्दै विजयी भएकी थिइन् । कठरियाले छ हजार ५६२ मत प्राप्त गरेकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया