माओवादी केन्द्रको प्रदेश १ संसदीय दलको नेतामा ईन्द्र आङ्बो

काठमाडौँ : प्रदेश १ दलको नेतामा नेकपा माओवादी केन्द्रले ईन्द्रबहादुर आङबोलाई चयन गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले आङ्बोलाई दलको नेताकोरूपमा चयन गरेको हो । तत्कालीन नेकपाको दाहाल-नेपाल समूहबाट मुख्यमन्त्री शेरधन राईविरुद्ध अश्विासको प्रस्ताव दर्ता गरेपछि आङबोलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो । आजको संसदीय दलको बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र दलको सचेतकमा शौभाग्यवतिदेवी राई चयन भएको माओवादी केन्द्रले जनाएको छ ।
दलका उपनेता टंक आङबोहाङले माओवादी केन्द्र छोडेर एमाले गएपछि अहिले माओवादी केन्द्रसँग १५ सांसद छन् । आङबुहाङ हालसालै विस्तार गरिएको मन्त्रिपरिषदमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि समस्यामा रहेका मुख्यमन्त्री राई निर्देशन दिएपछि नेकपा एमालेकै माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता गर्ने निर्णय गरिसकेको छ ।

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया