बोदे बरसाइन नगरप्रमुखमा यादव निर्वाचित

काठमाडौँ- सप्तरीको बोदे बरसाइन नगरपालिकाको नगर प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमार सिंह यादव निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले ५ हजार ६ सय ९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले ५ हजार २ सय ८० मत प्राप्त गरे । सिंह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
यस्तै उपप्रमुखमा जसपा नेपालका रेणकुमारी साह निर्वाचित भएकी छिन् । निर्वाचित साहले ५ हजार १ सय ५४ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका पुनिताकुमारी साहले ४ हजार ९३६ मत प्राप्त गरिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया