हावाहुरीका कारण मृत्यु भएका तीनमध्ये दुईको पहिचान खुल्यो

काठमाडौं– शुक्रबार साँझ आएको हावाहुरीले रुख ढाल्दा मृत्यु भएको तीनै जनाको पहिचान खुलेको छ । चितवनमा हुरीले ढालेको रुखले अटो किच्दा मृत्यु भएकाहरुको पहिचान खुलेको हो ।
प्रहरीकाअनुसार हावाहुरीको कारण ढलेको रुखले चितवन भरतपुर ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना २ ह २२४७ नं. को अटोलाई किच्दा च्यापिएको थियो । अटो चालक भरतपुर ११ लामाटोलका ५० वर्षीय प्रदिपकुमार लामा र अटोमा सवार अन्दाजी ५१ वर्षकी महिलाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
त्यस्तै हावाहुरीको कारण ढलेको रुखले चितवन भरतपुर ११ बसेनी चोकमा म्याजिक च्यापिँदा एकको मृत्यु भएको हो । बिशाल चोकबाट बसेनीतर्फ आउदै गरेको ना १ ज ६१४० नं. को म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ का बस्न २४ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोमा सवार अविता गुरुङ र तुलमाया गुरुङ सामान्य घाईते छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ ।
प्रहरीले ढलेको रुख काटी हटाएपछि बाटो सुचारु गरेको छ । मृतकको शव भरतपुर सरकारी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया