पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

काठमाडौँ - वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् ।
गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले बताए।
सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको होस्टेल सञ्चालकले बताएको सिलवालले जानकारी दिए । बेपत्ता भएका सिलवालको झोला, राहदानीलगायतका कागजपत्र होस्टेलमै रहेको सिलवालले जानकारी दए ।
सम्पर्कविहीन भई बेपत्ता भएका सिलवालको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ । सिलवाल बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रशासनलाई खबर गरिएको र उनको खोजीकार्यका लागि पहल गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महा वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । रासस

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया