बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

बलात्कारको भिडियो सार्वजनिक प्रकरण: प्रहरीले बनायो छानबिन समिति

काठमाडौँ- सामाजिक सञ्जालमा एक युवतीले आफूलाई कन्सल्टेन्सी सञ्चालकले आफूलाई बलात्कार गरेको घटना सार्वजनिक गरेपछि प्रहरीले छानबिन समिति बनाएको छ। शुक्रबार काठमाडौँमा पीडितले न्याय पाउनुपर्ने भन्दै प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

२०१४ को मिस ग्लोबलमा सहभागी एक युवतीले आफू किशोरी अवस्थामा रहँदा ६ महिनासम्म पटक पटक बलात्कार भएको भन्दै टिकटकमा भिडियो सार्वजनिक गरेकी थिइन् । गृह मन्त्रालयले घटना छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ। सार्वजनिक भिडियोबारे अनुसन्धान गरि आवश्यक कारबाही गर्न प्रहरी प्रधान कार्यालयले ५ सदस्यीय समिति बनाएकाे छ। प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवँरकाे नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण काेइराला, प्रहरी नायब उपरीक्षक काेपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् ।