शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ

काठमाडौँ- डडेल्धुरामा सम्पन्न भएको स्थानीय तह निर्वाचन सुरक्षार्थ म्यादी प्रहरीको बिदाइ गरिएको छ। एक कार्यक्रम गरि प्रमाणपत्र वितरण सहित म्यादी प्रहरीको बिदाइ गरिएको हो। 

निर्वाचनमा इमान्दार, बफादार भइ अनुशासित ढङ्गले तोकिएको कार्यक्षेत्रमा खटी निर्वाचन कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका म्यादी प्रहरीहरूलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर पालले  धन्यवादसहित प्रमाणपत्र वितरण गरी बिदाइ गरेका थिए ।