विराटनगर महानगर : कांग्रेसका कोइराला जितनजिक, मत गन्न बाँकी हुँदै उपमेयरमा कार्की विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको १९ वडाहरुमध्ये गणना जारी रहेका चार वटाको पनि मतगणना पनि अन्त्यतिर पुग्न लाग्दा नतिजा नजिकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार शुक्रबार बेलुका ७ बजेसम्म ८२ हजार ५२७ मत गणना सकिएको छ ।
विराटनगर महानगरपालिकामा अब ७ हजार २६२ मत गन्न बाँकी छ । प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगरका अनुसार विराटनगर महानगरमा ८९ हजार ८९६ मत खसेको छ । मतगणना अन्त्यतिर पुग्न लाग्दा प्राप्त परिणामले मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराैला कार्कीको जित नजिक छन् । कोइरालाले २७ हजार २६४ मत प्राप्त गरेका छन् । कोइराला एमालेका मेयरका प्रत्यासी सागर थापाभन्दा ७ हजार १७५ मतले अघि छन् ।
एमालेका मेयरका उम्मेदवार थापाले २० हजार ८९ मत प्राप्त गरेका हुन् । गन्न बाँकी मत थापाकै पक्षमा हुँदा पनि उनको जित हुने सम्भावना अत्यन्तै झिनो देखिन्छ । उपमेयरमा त एमालेकी कार्कीले जितेसरह भएको छ । उनले २३ हजार ६३० मत प्राप्त गर्दा कांग्रेससँगको गठबन्धनमा उपमेयर लडेका जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले १३ हजार २३४ मत मात्रै पाएका छन् । कार्की र यादवको मतान्तर १० हजार ३९६ रहेको छ । गणना गर्न बाँकी ७ हजार बढि मत यादवकै पक्षमा खसेको अनुमान गर्दा पनि उनले जित्ने कुनै सम्भावना छैन ।
विराटनगरको जारी मतगणनाको प्राप्त परिणाम अनुसार १, २, ३, ४, ५, ७, ८, १२, १३, १४, १५, १६, १७, १८ र १९ गरी जम्मा १५ वटा वडाको मतगणना सकिएको छ । जसमा नेकपा एमालेले हालसम्म १, २, ३, ४, ८, १४ र १९ गरी ७ वटा वडामा वडाध्यक्षसहित जितेको छ । थप दुईवटा एमालेको अग्रता कायमै छ । त्यसैगरी नेपाली कांग्रेसले वडा नं. ५, ७, १५ र १६ गरी ४ वटा वडा जितिसकेको छ । कांग्रेसको पनि थप दुईवटा वडामा अग्रता रहेको छ । विराटनगर महानगरपालिकाले जनता समाजवादीले दुईवटा वडा जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक तथा स्वतन्त्र उम्मेदवारले एकवटा वडा जितेका छन् । महानगरको मत परिणाम आजै राती १२ बजेसम्म आउने अनुमान छ । मतगणनास्थल विराटनगर-७ स्थित आदर्श माविको अगाडि विभिन्न दल समर्थित नेता कार्यकर्ताहरुको उपस्थिति बढ्दै गएको छ । उनीहरुले आफ्नो दलको पक्षमा नाराबाजी गरिरहेका छन् ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया