बारास्थित पूर्वपश्चिम राजमार्गका अधिकांश पुल साँघुरो र जीर्ण

बारा । बढ्दो सवारीसाधनको चापसँगै बारामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो ।
पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरूदण्ड मानिन्छ, दिनहुँ सोही राजमार्ग भएर हजारौं सवारीसाधन गुड्छन् । देशको विकासको आधार बनेको यस राजमार्गअन्तर्गत विभिन्न ठाउँका पुल अहिले साँघुरो र जीर्ण भएका छन् । पुल साँघुरो भएकै कारण राजमार्गमा घण्टौँ जाम हुने गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बारामा मात्र साना तथा ठूला गरेर एक दर्जन बढी पुल छन् । अधिकांश पुल साँघुरो र जीर्ण भएर सवारी जाम बढिरहेको छ ।
औसत पुलको आयु ५० देखि ६० वर्षको हुने बताइन्छ, तर बारामा निर्माण गरिएका पुलहरू करिब ७० वर्षभन्दा पुराना छन् । पुल साँघुरो र जीर्ण भएको वर्षाै भइसके पनि सरकारले नयाँ पुल निर्माणमा कुनै चासो दिएको छैन, जस कारण हजारौँ यात्रु जोखिम मोलेर गर्नुपर्ने यात्राको अन्त्य तत्काल हुने देखिँदैन ।
सरकारले महंगो सवारी कर लिने गरेको पनि सडक निर्माणमा चासो नदिएकै कारण म्याद सकिएको पुलमा जीवन नै दाउमा राखेर सवारी चलाउन बाध्य भएको सवारी चालकहरूको गुनासो छ ।
बाराको पसाहा, बालगंगा, भमारा पुल, एक नम्बर पुललगाएतका पुल साँघुरो र जीर्ण छन् । साँघुरा र जीर्ण पुलकै कारण ट्राफिक जामसमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय बाराको अधिकांश समय पुल क्षेत्रमा रहेका सवारीसाधनलाई व्यवस्थापन गर्नेमा बढी समय खपत हुने गरेको छ । पुलहरूमा सवारी चाप दैनिक बढिरहेको र साँघुरो पुलका कारण जाम हुने गरेकाले अधिकांश ट्राफिक प्रहरी त्यहीँ जाम न्यूनीकरणका लागि खटाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । उनले नयाँ पुल निर्माण नभएसम्म समस्या समाधान नहुने बताए ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया