दुर्घटनामा श्रीमानकाे मृत्यु, श्रीमती घाइते

कैलाली- पूर्व–पश्चिम राजमार्गको लम्कीचुहा सडक खण्डमा बस र मोटरसाईकल ठोक्किँदा मोटरसाईकलमा सवार चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मोटरसाईकलमा सवार महिला घाईते भएकी छिन् । लम्की–चुहा नगरपालिका ६ गुलरास्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बसमा विपरीत दिशा तर्फबाट आउँदै गरेकोे से ५ प २४४ नम्बरको मोटरसाईकल ठोक्किँदा कैलालीको बर्दगोरिया गाउँपालिका ५ बस्ने वर्ष ४५ को श्रवण रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते राजमती रानाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु श्रीमान् श्रीमती हुन्। दुर्घटनापछि स्थानीयहरुले सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा दर्जनौ सवारी-साधन अलपत्र परेका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया