काभ्रेको बेथानचोकमा गठबन्धन विजयी

काभ्रे - काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी भएकी हुन् ।
अध्यक्ष अधिकारी ६ हजार १९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उनका निकटतम प्रतिस्पर्धी नेकपा ९(एमाले)का कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरी विजयी भएकी छिन् भने निकटतम प्रतिस्पर्धी एमालेका सरला लामिछानेले तीन हजार ५७३ मत प्राप्त गरिन् ।
त्यसैगरी वडामा क्रमशः वडा नं १ मा कांग्रेसका मधुसुधन तिमल्सिना, २ मा कांग्रेसकै पुरुषोत्तम तिमल्सिना, ३ मा कांग्रेसका कुबेर ढकाल, ४ मा कांग्रेसकै कृष्णबहादुर लामा निर्वाचित भएका छन् । यस्तै वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा, ६ मा कांग्रेसका विष्णु तामाङले जित हासिल गरेका छन् । रासस

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया