काठमाडौँ महानगर अपडेट : मेयर/उपमेयरमा कसले कति मत पाए ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट शाहले २७ हजार ९६७ मत ल्याएका छन् ।
एमालेका केशव स्थापितले १४७८२ मत पाएका छन् । शाह र स्थापितको मतान्तर १३१८५ रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १४४३९ मत प्राप्त गरेकी छिन् । हाल मत गणना जारी छ ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले तेब्बर बढीले अग्रता लिएकी छन् ।
हालसम्म डंगोलले २६५७५ मत ल्याएकी छन् । त्यस्तै नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले ८५९१ मत ल्याएका छन् ।
त्यसैगरी राप्रपाकी बिनिता मगैयाले ३४४९ मत पाएकी छन् ।
स्वतन्त्रका वेन्जीसिंह महर्जनले २०७१ मत पाएका छन् भने अर्का स्वतन्त्र विद्या श्रेष्ठ महर्जनले १३६५ मत पाएका छन् ।
त्यस्तै विवेकशील साझा पार्टीकी कृति कंसाकरले ७४९ मत पाएकी छन् ।
स्वतन्त्रकी रिकुं श्रेष्ठले १६६ मत, नेमकिपाकी सविता श्रेष्ठले ५३ मत, नेपाल सुशासन पार्टीकी पुष्पा खरेलले ३३ र नेपाली कांग्रेस बीपीकी इन्दिरा अधिकारी थापाले २६ मत पाएकी छन् । मत गणना जारी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया