ओलीको गृहनगर दमकमा राप्रपाका थापा विजयी

झापा- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ । एमालेले तीन दशकको विरासत गुमाएको छ ।
ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन् । उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् । थापाले ०५४ र ०७४ मा पनि प्रयास गरेका थिए । दुईपटक नै उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए ।
थापा १७ हजार ५२५ मतका साथ विजयी भए । उनले एमालेकी गीता अधिकारीलाई पाँच सय ५९ मतले पराजित गरे । निवर्तमान उपप्रमुखसमेत रहेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन् ।
उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले जितेकी छन् । उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६ हजार ५७४ मत पाए । गठबन्धनमा सामेल माओवादीलाई भने घाटा भएको छ । पाएको चारवटै वडामा माओवादी पराजित भयो ।
एमालेले वडामा भने वर्चश्व कायम गरेको छ । दशमध्ये सातवटा वडा एमालेले जितेको छ । कांग्रेसले दुई र राप्रपाले एउटा वडा जितेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया