पाेखरामा गठबन्धनकाे अग्रता कायमै, कसले कति मत ल्याए ?

पाेखरा - पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनकाे अग्रता कायमै रहेकाे छ । गठबन्धनबाट मेयरतर्फ नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी काेपिला रानाभाटले अग्रता कायमै राख्दा एमालेका कृष्ण थापा र मञ्जुदेवी गुरुङले पछ्याइरहेका छन् ।
पाेखरामा ६५ हजार ४ सय ६२ मत गणना हुँदासम्म आचार्यले नेकपा एमालेका कृष्ण थापालाई ३ हजार २ सय ७० मतले पछि पारेका हुन् । अाचार्यले २६ हजार ९ सय ७० मत प्राप्त गरेका छन् भने एमालेका थापाले २३ हजार ६ सय ९८ मत ल्याएका छन् ।
त्यस्तै मेयर मै राप्रपाका शंकर खरालले २ हजार ७ सय ७५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार ६ सय ७० मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मदवार कोपिला रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङलाई १ सय ६५ मतले पछि परेकी छिन् ।
रानाभाटले २७ हजार २ सय ८४ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार १ सय १९ मत ल्याएकी छिन् । राप्रपाकी रञ्जना सेनले २ हजार ५ सय ८८ मत प्राप्त गरेकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया