एभर्टन रेलिगेसनबाट जोगियो

काठमाडौँ – दुई गोलले पछि परेको अवस्थामा क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले इंग्लीस प्रिमियर लिग आगामी सिजनका लागि स्थान सुरक्षित गरेको छ ।
प्यालेसलाई पराजित गरेसँगै एभर्टन ६८ वर्षदेखि लगातार प्रिमियर लिगमा रहन सफल भएको हो । तर सुरुवाती २ गोलले पछि परेपछि एभर्टन प्रिमियर लिगबाट रेलिगेट हुने अवस्थामा पुगेको थियो ।
जिन-फिलिप माटाटा र जोर्डन अवेले क्रमशः २१ औँ र ३६ औँ मिनेटमा गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा एभर्टनले लगातार तीन गोल गर्न सफल भयो । माइकल किनले ५४ औँ मिनेट, रिचार्लीसनले ७५ औँ मिनेट र कालभर्ट लेविनले ८५ औँ मिनेटमा एभर्टनका लागि गोल गरे ।
१६ औँ स्थानमा रहेको एर्भटनले ३७ खेलबाट ३९ अंक जोड्यो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया