विराटनगर-३ मा एमालेका बस्नेतको प्यानलै विजयी

विराटनगर- विराटनगर महानगरपालिका-३ मा नेकपा एमालेका बासुबहादुर बस्नेत प्यानलै वडाध्यक्षमा निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले घोषणा गरेको मतगणनाको अन्तिम परिणाम अनुसार बस्नेतले कांग्रेसका कमल कुमार पुडासैनीलाई ४४५ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा प्यानलै निर्वाचित भएका हुन् ।
बस्नेतले २ हजार ३८३ मत प्राप्त गरे । कांग्रेसका पराजित पुडासैनीले १ हजार ९३८ मत ल्याएका हुन् । वडा नं. ३ को वडा सदस्यमा एमालेका ढुंडिराज पोखरेलले २ हजार ३२६ र सुरज न्यौपानेले २ हजार ३०२, महिला सदस्यमा मालिका निरौलाले २ हजार ४६४ र दलित महिला सदस्यमा अरुणा परियालले २ हजार ४७५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया