खडकको मेयरमा माओवादीका चौधरी विजयी

सप्तरी- सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगर प्रमुखमा पहिलो जित हासिल गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए ।
यसअघि जिल्लाको कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रले जित्न सकेको थिएन । माओवादी केन्द्रले नगरपालिकाको एउटा मात्र वडा नम्बर ६ मा जित हासिल गरेको छ ।
यस्तै उपप्रमुखमा जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत ल्याइन् । पराजित खातुन पनि निवर्तमान उपप्रमुख हुन् । नेकपा (एकीकृत समाजवादी)का शत्रुघ्नप्रसाद साहले दुई हजार ९४३ मत ल्याए ।
कूल ११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नं २, ६, ९ र ११, कांग्रेसले वडा नं ३, ८ र १०, एकीकृत समाजवादीले वडा नं ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नं १ र ६ मा जित हासिल गरेको छ । रासस

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

प्रतिक्रिया