शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले

फाइल फोटो

विराटनगर - प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार आज सार्वजनिक भएको अन्तिम मत परिणाममा सुनसरीको गढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका आशनारायण चौधरीले आठ हजार ९०१ मत प्राप्त गरी विजयी भएका छन् । 

उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश दत्तले पाँच हजार ३५० मत ल्याए । 

उपाध्यक्षमा नेकपा एमालेका अनिताकुमारी साहले सात हजार ८१५ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनको प्रतिस्पर्धी कांग्रेसका राजकुमारी चौधरीले पाँच हजार ८३८ प्राप्त गरेका थिए । 

६ वटा वडा रहेको यस गाउँपालिकामा पाँच वटा वडामा वडाध्यक्ष एमाले र एकमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।