महोत्तरी नगरपालिकाको प्रमुखमा लोसपाका मण्डल विजयी

महोत्तरी - मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् । प्रमुखमा चार हजार तीन मत प्राप्त गरी हरिप्रसाद मण्डल र उपप्रमुखमा तीन हजार ८६४ मत प्राप्त गरी मञ्जुदेवी निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख पदका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका मोहम्मद मुजिबुल रहमानले तीन हजार ८६४ र उपप्रमुखमा सोही दलकी जिवछीदेवी यादवले दुई हजार ७५१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिए । मतगणना परिणाम घोषणा भएको मटिहानी जिल्लाको छैठौँ स्थानीय तह हो ।
यसअघि रामगोपालपुर र मनराशिश्वा नगरपालिका एवं महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ । जिल्लामा जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । अझै नौ स्थानीय तहको परिणाम घोषणा हुन बाँकी छ । सबै स्थानीय तहको परिणाम आज अबेर रातिसम्म घोषणा भइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया