जसले उपप्रमुखमा अब्बल काम गरिन्, प्रमुख जितिन्

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेकपा (एमाले) ले मोहनमाया ढकाललाई मेयरको उम्मेदवार बनायो । गठबन्धनलाई पन्छाउँदै उनी प्रदेशको राजधानी स्थित वीरेन्द्रनगर नगरपालिकाको मेयर बनिन् । उनले निर्वाचन जित्नुको मुख्य कारण भनेको पाँच वर्षे उपप्रमुखको कार्यकालमा गरेका राम्रा कामकै परिणाम हो ।
उनी उपमेयरको पाँच वर्षे कार्यकालमा छुट्टै पहिचान बनाउन सफल भइन् । जसले गर्दा जनतामाझ पनि प्रिय छिन्। उनको त्यही कामको मूल्याङ्कन गर्दै केन्द्रले मेयरको उम्मेदवार बनाएको स्थानीय नेता बताउँछन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा नेपाली कांग्रेसका देवकुमार सुवेदी निर्वाचित भएका थिए । उपमेयरमा निर्वाचित ढकालले भने मेयरमा निर्वाचित सुवेदीको भन्दा पनि बढी मत पाएकी थिइन् । ढकालले १६ हजार ६८ मत पाएकी थिइन् भने प्रतिस्पर्धी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत पाएकी थिइन् ।
‘राजनीतिमा लागेर कहिल्यै निराश भइनँ एक पटक असफल भए पनि अर्को पटक अवश्य सफल भइन्छ भन्ने सोचेर निरन्तर खटिइरहेकी छु’ ढकालले भनिन्, ‘नगरबासीले जुन् विश्वास दिएर मत दिनुभएको छ त्यसलाई गुम्न दिने छैन ।’
इमान्दारिता र निष्ठापूर्वक काम गरेर अघि बढ्ने ढकालले प्रतिबद्धता जनाइन् । ‘म महिला आन्दोलनबाट राजनीतिमा अघि बढेकी हुँ यसलाई निरन्तरताका साथ अगाडि बढाउँछु’ उनी भन्छिन्, ‘अब वीरेन्द्रनगरका छोरीहरुले पनि प्रमुख पदमा काम गर्न बाधा छैन, मैले ढोका खोलिदिएकी छु ।’
निडर र साहसी राजनीतिकर्मी ढकाल स्कूलबाटै विद्यार्थी राजनीतिमा संलग्न भएकी थिइन् । २०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भिक कमिटी सदस्य, २०५७ मा जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र २०५९ मा अनेरास्ववियुको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य बनेकी थिइन् ।
२०६२ मा पार्टी राजनीतिमा प्रवेश गरेकी उनी दुई कार्यकाल अखिल नेपाल महिला संघको सचिव भएर काम गरिन् । २०६५ मा भने एमाले सुर्खेत जिल्ला कमिटी सदस्य भइन् । त्यसपछि २०६९ मा अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष भएकी उनी अहिले एमाले केन्द्रीय सदस्य तथा सुर्खेत सह–इन्चार्ज छन् । २०७४ सालमा निर्वाचित भएर उपमेयरको पदबहाली गर्दा थुप्रै चुनौती थिए, ती सबैलाई क्रमशः पार लगाउँदै आएको उनी बताउँछिन् ।
पाँच वर्षसम्म उपमेयर भएर काम गर्दा स्थानीय तहबारे बुझ्ने मौका पाएको उनी बताउँछिन् । ‘सामाजिक कामले राम्रो प्रभाव पारेको छ । महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार कार्यक्रमबाट धेरै महिलाले लाभ लिएका छन्’ ढकाल भन्छिन् ।
४३ वर्षीय ढकालले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उपमेयर बनेपछि स्थानीय तहमा आउने मुद्दामामिला हेर्नुपर्यो । त्यसका लागि उनले एलएलबी गरिन् । जसले गर्दा उनी न्यायिक समितिको नेतृत्व गरेर अब्बल काम गर्ने जनप्रतिनिधिमा स्थापित भइन् ।
‘छोरी हुनुमा गर्व गर’ भन्ने नारा सहित बालविवाह, बहुविवाह, बाल श्रममुक्त नगर जस्ता अभियान सञ्चालन गरेकी थिइन् । यससँगै नगरपालिकाले लैङ्गिक तथा सामाजिक समावेशी नीति पारित गरेको उनी बताउँछिन् । ‘यी कामहरूले फेरि पनि निरन्तरता पाउँछन् । यीसँगै बाँकी विकास निर्माणका कामलाई गति दिनेछु ।’
कोरोनाभाइरसको महामारीको समयमा उनले सात महिना कार्यवाहक मेयर भएर पनि काम गरिन् । त्यो समयमा उनले खेलेको भूमिकाले नगरवासीहरुमा सकारात्मक प्रभाव परेको थियो । ‘पाँच वर्षे कार्यकाल पूरा गर्दैगर्दा आफूले गरेका धेरै वाचा पूरा भएको अनुभूति छ’ ढकाल भन्छिन्, म फेरि नगरवासीको आँगनमा पुग्दा सोधिने प्रश्नको जवाफ दिन सक्ने गरी उभिनेछु अझै अबको कार्यकालमा राम्रा कामहरु गरेर अघि बढ्नेछु ।’

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_k45Xh4LjLZ_oexcmmnn31hoivyyp74hjkqgpkvsmm3rkimlzykydwpidqivjqd2bs7wefed.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया