भरतपुरमा ४५ हजार ६० मत गणना हुँदा रेनुको अग्रता कायमै

चितवन- भरतपुर महानगरपालिकाको मेयरका नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार २ सय ७९ मतले अग्रता लिएकी छन् । ४५ हजार ६० मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले १६ हजार ६ सय ८९ मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार ४ सय १० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९ सय १५ मत ल्याएका छन् ।
नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी १९ हजार ३ सय १२ हिमला गुरुङले १० हजार ७ सय ७९ मत प्राप्त गरेकी छिन् ।
महानगरमा मतदाता १ लाख ८५ हजार ७ सय ५२ जना छन् । २९ वडामा कुल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । ६८ दशमलव ६८ प्रतिशत खसेको हो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया